एकाई ९
अमल क्षार र लवन (Acid, Base and Salt)
Acid (अम्ल) = पानीको घोलमा H + आयोन दिने पर्दाथलाई अम्ल भनिन्छ । केहि अम्लहरु यस प्रकार हुन्छ।
Acid लाई दुई प्रकारमा विभाजन गरिएको छ 😡
(i) कडा वा अकार्वनीक अमल
(Strong or Inorganic Acid)
= पानिको घोलमा बढी मात्रामा H +आयोन दिने अम्ललाई कडा अम्ल वा अकार्वनीक भनिन्छ। समान्यता यस्ता अम्ललाई प्रयोगशालामा काम गर्नको लागी बनाइएको हुन्छ त्यसैले यसलाई प्रयोगशालाको अम्ल भनिन्छ। प्रयोगशालामा प्रयोग गरिने समान्य अम्ल निम्न छन् :-
(ii) नरम वा कार्वनीक अमल
(Soft or organic Acid)
= पानिको घोलमा कम मात्रामा H +आयोन दिने अम्ललाई नरम वा कार्वनीक अम्ल भनिन्छ। यस्ता अमलहरु मानिसले सुरुदेखी खाने कामको लागी प्रयोग गर्दै आइरहेको छन् । यस्ता अम्लको स्वाद समान्यता अमिलो किसिमको हुन्छ । यस्ता अम्लहरु यस प्रकारका छन् :-
अमलको विषेशताहरु 🎉
समान्यता अमलको स्वाद अमिलो हुन्छ तर कुनै कुनै अम्लहरु तितो स्वादका पनि हुन्छ।
अम्लले पानि सँगको घोलमा H +आयोन दिन्छ।
अम्लले निलो Litmus Paper लाई रातो रङ्गमा परिणत गर्छ।
अमलका गुणहरु 🎉
अम्लमा भएको Hydrogenलाई धातुले विस्थापन गर्दछ ।
Mg + H2SO4 ⟶ MgSo4 + H2 ↑ (g)
2Na + 2HCl ⟶ 2Nacl + H2 ↑ (g)
Ca + HNO3 ⟶ Ca(No3)2 + H2 ↑ (g)
धातुले Carbonate वा BiCarbonate सँग अम्लले प्रतिक्रिया गरी Co2बनाउछ ।
-
(i) Na2CO3 + HCl ⟶ Nacl + Co2 + H2o
= Na2CO3 + 2HCl ⟶ 2Nacl + Co2 + H2o
(ii) Mg(HCo3)2 + H2SO4 ⟶ MgSo4 + Co2 + H2o
= Mg(HCo3)2 + H2SO4 ⟶ MgSo4 + 2Co2 + 2H2o
अम्लले क्षार सँग रसायनिक प्रतिक्रिया गरी लवन र पानि बनाउछ।
(i) H2SO4 + Na2O ⟶ Na2So4 + H2O
(ii) HCl + Mg(OH)2 ⟶ MgCl2 + H2O
= ==2HCl + Mg(OH)2 ⟶ MgCl2 + 2H2O
Uses of Acid in our Daily Life 🎉
Sulphuric Acid(H2SO4), Hydrochloric Acid(HCl ), Nitric Acid(HNO3) आदिलाई प्रयोगशालाको कामको लागी प्रयोग गरिन्छ ।
Acetic Acid(CH3COOH) लाई अचार बनाउन प्रयोग गरिन्छ ।
Carbonic Acid(H2CO3) विभिन्न पेय प्रर्दाथहरु बनाउनको लागी प्रयोग गरिन्छ ।

Base (क्षार) = पानीको घोलमा Hydroxide(OH -)आयोन दिने पर्दाथलाई क्षार भनिन्छ । Hydroxide(OH -) आयोनको संख्या अनुसार यसलाई दुई भागमा विभाजन गरिएको छ :-
Strong Base (कडा क्षार):- बढि मात्रामा OH -
आयोन दिन्छ ।
2.Weak Base (नरम क्षार):- कम मात्रामा OH -
आयोन दिन्छ।
यसको केहि उदारणहरु निम्न छन् ।
Note क्षार चिन्ने तरिका धातुमा Oxide र Hydroxide लागेको हुन्छ।
😡 Alkali (अलकाली)
= धातुको Oxide ले पानी सँग प्रतिक्रिया गरेर Hydroxide बनाउछ उक्त धातुको Hydroxide लाई अलकाली भनिन्छ। सबै वस्तुको Oxide ले प्रतयक्ष रुपमा पानि सँग प्रतिक्रिया गरि अलकाली बनाउन सकिदैन । यसकारण सबै क्षार अलकाली हुदैन तर सबै अलकाली क्षार हन्छ।
(Alkali like Strong Base)
क्षारका गुण / विषेशताहरु 🎉
समान्यता क्षारको स्वाद टररो हुन्छ ।
क्षारले पानि सँगको घोलमा आयोन OH -
दिन्छ।
क्षारले रातो Litmus Paper लाई निलो रङ्गमा परिणत गर्छ।
कडा क्षारले छाला सँग प्रतिक्रिया गरि हानि पुर्याउछ।
Sodium Hydroxide(Na(OH)) र Potassium Hydroxide (KOH) लाई कडा क्षार मानिएको छ किनभने यसले ग्रिज जस्ता पर्दाथलाई घुलनशिल बनाउछ।
क्षारका रसायनिक गुणहरु 🎉
अलकाली वा क्षारले Carbon Dioxide सँग रसायनिक प्रतिक्रया गरि धातुको Carbonate बनाउछ।
(i)Na(OH) + Co2 ⟶ Na2Co3 + H2O
==2Na(OH) + Co2 ⟶ Na2Co3 + H2O
(ii)Mg(OH)2 + Co2 ⟶ MgCo3 + H2O
Ammonium Acid सँग क्षारले रसायनिक प्रतिक्रिया गरी Ammonium Gas बनाउछ।
(i) Na(OH) + NH4cl ⟶ NH3 + Nacl + H2o
(ii) K(OH) + (NH4)2So4 ⟶ NH3 + K2SO4 + H2o
== 2K(OH) + (NH4)2So4 ⟶ 2NH3 + K2SO4 + H2o
क्षारले अम्लसँग रसायनिक प्रतिक्रिया गरी लवन र पानि बनाउछ।
(i) Na2O + H2SO4 ⟶ Na2So4 + H2O
(ii) Mg(OH)2 + HCl ⟶ MgCl2 + H2O
= Mg(OH)2+ 2HCl ⟶ MgCl2 + 2H2O
Uses of Base in our Daily Life 🎉
Salt (लवन) = अमल र क्षारले रसायनिक प्रतिक्रिया गरी बनाउने तटस्थ पर्दाथलाई लवन भनिन्छ । लावन तटस्थ भएपनि गुणहरुमा भिन्नता भएको कारणले यसलाई चार भागमा विभाजन गरिन्छ।
Acidic Salt (अम्लिय लवन)
Basic Salt (क्षारिय लवन)
Neutral Salt (तटस्थ लवन)
Hydrated Salt (Hydrated लवन)
1. Acidic Salt (अम्लिय लवन)
= अमलमा भएको Hydrogenलाई विस्थापित गरेर बनेको लवनलाई अम्लिय लवन भनिन्छ ।
Mg + H2SO4 ⟶ MgSo4 + H2 (g)
2. Basic Salt (क्षारिय लवन)
= क्षारमा भएको Hydroxideलाई विस्थापित गरेर बनेको लवनलाई क्षारिय लवन भनिन्छ ।
(ii) Mg(OH)2 + NaNo3 ⟶ Mg(No3 )2 + NaOH
= Mg(OH)2 + 2NaNo3 ⟶ Mg(No3 )2 + NaOH
3. Neutral Salt (तटस्थ लवन)
= अमल र क्षार आपसमा रसायनिक प्रतिक्रिया गरी अमलबाट पूर्ण रुपले Hydrogen र क्षार बाट पूर्णरुपले Hydroxide विस्थापित भएर बनेको लवनलाई तटस्थ लवन भनिन्छ।
HCl + Na(OH) ⟶ NaCl + H2O
3. Hydrated Salt (Hydrated लवन)
= निश्चित अनुपातमा पानिका अनुहरुमा भएको लवनलाई Hydrated लवन भनिन्छ । (पानिमा घुलाइएको लवनलाई Hydrated लवन भनिन्छ। )
CaSO4.7H2O
Na2Co3.10H2O
लवनका गुण / विषेशताहरु 🎉
Sodium Chloride(NaCl) को स्वाद नुनिलो हुन्छ भने Magnesium Sulphate(MgSo4) को स्वाद तितो हुन्छ । यस कारण भन्न सकिन्छ कि लवनको स्वाद एकनासको हुदैन।
समान्यता सबै लवनहरुको स्वाद नुनिलो हुन्छ।
कडा क्षार र नरम अमल मिलेर बनेको अमललाई क्षारिय लवन भनिन्छ भने कडा अम्ल र नरम क्षार मिलेर बनेको लवनलाई अमलिय लवन भनिन्छ।
Na(OH) + CH3CooH ⟶ NaCooH3 + H2O
क्षार नरम अम्ल क्षारिय लवन
कडा क्षार र कडा अमल तथा नरम अम्ल र नरम क्षार मिलेर बनेको लवनलाई तटस्थ लवन भनिन्छ।
Potassium(K), Sodium(Na), Magnesium(Mg) जस्ता धातुबाट बनेको लवन सेता र रङ्हिन हुन्छ Nicel(Ne), Zinc(Zn) भने बाट बनेको लवन रङ्हिन हुन्छ।
Uses of Salt in our Daily Life 🎉
Sodium Chloride(NaCl) खाने कामको लागी प्रयोग गरिन्छ
Sodium Bicarbonate(NaHCo3) बाट बेकिङ पाउडर बनाउनुको साथै औषधि बनाउन पनि प्रयोग गरिन्छ।
Zinc Sulphate(ZnSo4)आखा सम्बन्धि औषधि बनाउन प्रयोग गरिन्छ।
Calcium Sulphate(CaSo4)बनाउन प्रयोग गरिन्छ।
निराकरण प्रतिक्रिया
(Neutralization Reaction)
कडा अम्ल र कडा क्षार तथा नरम अमल र नरम क्षार प्रतिक्रिया गरि बनेको लवनमा अम्लिय र क्षारिय कुनै गुण नभएको रसायनिक प्रतिक्रियालाई निराकरण प्रतिक्रिया भनिन्छ।
Na(OH) + HNo3 + NaNO3 + H2o
Ca(OH)2 + 2HCl + CaCl2 + H2o
निराकरण प्रतिक्रियाको उपयोगिता
(Application of Neutralization Reaction)
किसानहरु माटोको अम्लियपनलाई हटाउन लाईमको प्रयोग गरिन्छ।
कमिला र मौरिले चिल्दा Formic Acid छालामा जान्छ। यसलाई साबुनको प्रयोग गरेर तटस्थ बनाउन प्रयोग गरिन्छ।
पहेलो बारुलाले चिल्दा एक प्रकारको अल्काली छालाभित्र जान्छ। यसलाई तटस्थ बनाउन छालाको प्रभावित ठाँउमा Acetic Acid हाल्नु पर्छ।
मानिसहरु पेटमा भएको ग्यास्ट्रिक हटाउन Antacid को रुपमा Magnesium Hydroxide को प्रयोग गरिन्छ।

अभ्यास :
तल दिएका मध्ये कुन चाहि अम्ल हो ?
= HNO3
अम्लले क्षार सँग प्रतिक्रिया गरी बन्ने उत्पादन के के
= लवन र पानि
मानिसहरु पेटमा भएको ग्यास्ट्रिक हटाउन
कमिला र मौरीले चिल्दा छालामा कुन अम्ल जान्छ ?
= Formic Acid
Ammonium Chloride को प्रयोग कुन प्रयोजनाको
= पानीको घोलमा H+आयोन दिने पर्दाथलाई अम्ल भनिन्छ । यसका उदारणहरु निम्न छन् ।
Hydrochloric Acid(Hcl)
Sulphuric Acid(H2SO4)
Carbonic Acid(H2CO3)
Acetic Acid(CH3COOH)
हामीले घरमा प्रयोग गर्ने कुनै दुई अम्लहरुको नाम लेखी तिनिहरुको प्रयोग कसरी गरिन्छ, लेख्नुहोस्।
= हामीले घरमा प्रयोग गरिने दुई ओटा अम्लहरु निम्न छन् :
Acetic Acid(CH3COOH) = यसको प्रयोग अचार बनाउन प्रयोग गरिन्छ।
Carbonic Acid(H2CO3) = यसको प्रयोग पेय पर्दाथ बनाउन प्रयोग गरिन्छ।
कडा (Strong) र नरम (weak) अम्ल वा क्षारमा के फरक हुन्छ, उदारणसहित स्पष्ट गर्नुहोस्।
= कडा र नरम अम्ल वा अलकालीहरुमा फरक यो छ कि कडा अम्ल बढी मात्रामा H+आयोन दिन्छ र कडा अलकाली बढी OH -मात्रामा
आयोन दिन्छ र नरम अम्ल कम मात्रामा H+आयोन दिन्छ र नरम क्षार कम मात्रामा अलकाली बढी मात्रामा OH -आयोन दिन्छ ।
अम्लका चार ओटा गुणहरु उदारणसहित उल्लेख गर्नुहोस्।
= अम्लका गुणहरु निम्न अनुसार छन्।
पानीको घोलमा H+आयोन दिन्छ।
अम्लमा भएको Hydrogen लाई धातुले विस्थापन गर्छ।
धातुले Carbonate वा BiCarbonate सँग अम्लले प्रतिक्रिया गरी Co2बनाउछ ।
अम्लले क्षार सँग रसायनिक प्रतिक्रिया गरी लवन र पानि बनाउछ।
कुनै वस्तु अम्ल हो वा होइन भनि परिक्षन गर्ने कुनै दुई ओटा तरिका लेख्नुहोस्।
= कुनै वस्तु अम्ल हो वा होइन भनि परिक्षण गर्ने तरिका निम्न छन्।
अम्लले निलो Litmus Paper लाई रातो रङ्गमा परिणत गर्छ।
अम्लले मिथाइल orange लाई र रातो रङ्गमा परिणत गर्छ।
क्षार केलाई भनिन्छ ? दुई ओटा उदारणसहित लेख्नुहोस्।
= पानीको घोलमा Hydroxide(OH -)आयोन दिने पर्दाथलाई क्षार भनिन्छ । यसका दुई ओटा उदारणहरु निम्न छन्।
म्यागनेसियम रिबनलाई कसरी अल्काली बनाउन सकिन्छ ? प्रतिक्रिया (reaction)सहित लेख्नुहोस् /
= सब भन्दा पहिले Mg रिवनलाई आगो लगाई त्यसको खरानी प्रप्त हुन्छ । Mg को खरानी भनेको MgO हो । यसलाई पानीमा घोल्दा Mg(OH)2 को घोल बन्दछ जुन एउटा अलकाली हो ।
Mg + O2 ↦ MgO + H2O ⇛ Mg(OH)2
निराकरण प्रतिक्रिया केलाई भनिन्छ ? दुई ओटा उदारण सहित लेख्नुहोस्।
= कडा अम्ल र कडा क्षार तथा नरम अमल र नरम क्षार प्रतिक्रिया गरि बनेको लवनमा अम्लिय र क्षारिय कुनै गुण नभएको रसायनिक प्रतिक्रियालाई निराकरण प्रतिक्रिया भनिन्छ।
यसका उदारणहरु निम्न छन् :
Na(OH) + HNo3 + NaNO3 + H2o
Ca(OH)2 + 2HCl + CaCl2 + H2o
क्षार र अलकाली एक आपसमा कसरी फरक छन् , लेख्नुहोस्।
= क्षार भनेको धातुको Oxide हो जबकि Alkali भनेको पानी सँगको प्रतिक्रिया पछि बनेको Hydroxide हो । यसबाट प्रष्ट हुन्छ कि क्षार (Dry) सुखा हुन्छ भने Alkali (Dissolve) गीलो हुन्छ।