आमाको सपना गोपालप्रसाद रिमाल
आमा, त्यो आउँछ र ?
“हो, बा, त्यो आउँछ
त्यो बिहानको सूर्य झैँ उज्यालो छदै आउँछ
त्यसको कम्मरमा झुन्डिएको शीत जस्तै टल्कने
तिमी एक हतियार देखने छौ
त्यसैले ऊ अधर्मसित लड्ने छ
त्यो आउँदा तिमी पहिले त सपना कि भनेर
छामछुम गर्ने छौ तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्दा छोइने भएर आउँछ”
हो र आमा !
“हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देखने आशा गरेकी थिएँ
तिम्रो हिस्सी परेको हँसाइमा त्यसकै सुनदर छवि
तिम्रो तोते बोलिमा त्सकै मधुर ध्वनी
तर त्यो मिठो गीतले तिमीलाई
आफनो बाँसुरी बनाएनछ !
त्यो तिमी नै होला भने
मेरो यौवन भरीको सपना थियो
जो होस् त्यो आउँछ
म आमा हु, सारा सिर्जनाशक्तिको मुख भएर
म भन्न सक्छु
त्यो आउँछ
मैले यो कुनै अल्छी सपना देखेको होइन !
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिने छैनौ
सत्य कुरालाई तिमी यसरी
चुम्बुकिएर कथा सुने झैँ सुन्ने छैनौ
तिमी त्यसलाई आफैँ नै देख्न सक्ने, सहन सक्ने र
ग्रहन गर्न सक्ने हुने छौ
मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिँदै विदा हुनेछौ
मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल
मुसारिरहनुपर्ने छैन
हेरौला, त्यो हुरी भएर आउने छ
तिमी पात भएर पछ्याउने छौ
उहिले त्यो जिवनलोक बाट झरेर जून जस्तै पोखिँदा
सारा जडदा सगबगाएको थियो, बा,
त्यो आउने छ, तिमी उठ्ने छौ”
त्यो आउँछ कि आमा,
मधुर उषाले चाराहरुको कण्ठलाई जसतै
त्यो आउने आशाले मेरो हृदयलाई कुत्कुत्याइसक्यो आमा !
“हो, त्यो आउछ,
त्यो बिहानको सूर्य झेैँ उज्यालो छर्दै आउछ
अब म उठेँ, गएँ
तर त्यो तिमी नै होला भन्ने
मेरो यौ मेरो यौवन भरिको सपना थियो !”
No comments:
Post a Comment